Section 88
जानकारी दिनु पर्ने
(१) बीमकले बीमा दाबी भुक्तानी गर्नु नपर्ने भएमा सोको कारण सहित सात दिनभित्र दाबीकर्तालाई लिखित जानकारी दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम दिएको जानकारी सम्बन्धित व्यक्तिले प्राप्त गरेको सुनिश्चित गरी सोको प्रमाण सुरक्षित राख्नु पर्नेछ।

(३) दाबी भुक्तानी गर्नु नपर्ने बीमालेखको हकमा दाबी भुक्तानी दिन नमिल्ने भए सोको कारण सहित त्रैमासिक रूपमा त्यस्तो अवधि _ समाप्त भएको तीस दिनभित्र प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ।